newskoseli.Com

आइतबार ८.१ रेक्टरको भूकम्प, १ सय ३० को मृत्यु

मेक्सिकोमा गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा १ सय ३० जनाको मृत्यु भएको छ भने राजधानीमै दर्जनौं घरहरु भत्किएका छन् ।

अहिले खोजी तथा उद्दार कार्य जारी छ । स्कुलका भत्किएका भवनहरुमा बालबालिका फसेको आशंका गरिएको अधिकारीहरुले बताएका छन् ।

७.१ रेक्टर स्केलको भूकम्पले राजधानी मेक्सिको सिटीसँगै मोरलियोस र पुएब्ला प्रान्तमा ठूलो क्षति पुगेको छ । मंगलबार त्यस्तो समयमा भूकम्प गयो, जतिबेला मेक्सिको सिटीमा मानिसहरु भूकम्प आएको समयमा कसरी उद्दार गर्ने भनेर अभ्यास गरिरहेका थिए ।

मेक्सिकोमा ३२ वर्षअघि विनाशकारी भूकम्प गएको थियो जसमा १० हजार मानिसले ज्यान गुमाएका थिए । यसै महिना ८.१ रेक्टर स्केलको भूकम्प देशको दक्षिणी भागमा गएको थियो जसमा ९० जनाको मृत्यु भएको थियो ।

मंगलबारको भूकम्पको केन्द्र पुएब्ला प्रान्तको एन्टेसिगो नजिकै थियो । यो इलाका मेक्सिको सिटीबाट १ सय २० किलोमिटर टाढा छ । भूकम्पका कारण मेक्सिको सिटीको एयरपोर्ट समेत केहीबेर बन्द गरिएको थियो भने सहरका सबै घर खाली गरिएको थियो ।

राष्ट्रपति एनरिक पेना निएटोले मानिसहरुलाई सडकमा नबस्न आग्रह गरेका छन् ताकि उद्धारकार्य प्रभावित नहोस् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर