अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरमा ११ दिने एसिया भ्रमण तालिका तय गरेका छन् ।
ह्वाइटहाउसले जनाए अनुसार भ्रमणका क्रममा उनी ५ वटा मुलुकमा पुग्नेछन् र चीन, जापान, दक्षिणकोरिया, भियतनाम, फिलिपिन्सका नेताहरुसँग उच्चस्तरीय भेटवार्ता गर्ने छन् । भ्रमणका बेला ट्रम्पले त्यस क्षेत्रमा तैनाथ अमेरिकी सेनाका अड्डाहरुको पनि भ्रमण गर्नेछन् ।
उत्तर कोरियाले गर्दै आएको क्षेप्यास्त्र प्रक्षेपणका कारण उत्पन्न गतिरोध अन्त्यका लागि अन्तर्राष्ट्रिय समाधानको खोजीमा राष्ट्रपति ट्रम्प एसिया भ्रमणमा निस्किन लागेको ह्वाइटहाउसको भनाइ छ ।