newskoseli.Com

मतदानकेन्द्रमै भीषण रक्तपात, मताधिकार खोस्दै प्रहरी अधिकारीहरू

क्याटलोनियाको स्वतन्त्रतासम्बन्धी जनमतसंग्रहका क्रममा झडप भएको छ । स्पेनबाट अलग देश बनाउनका लागि आइतबार भएको जनमतसंग्रहका क्रममा ठूलो झडप भएको हो ।

जनमतसंग्रह पक्षधर र प्रहरीबीच भएको झडपमा ३८ जना घाइते भएको क्याटलन आपतकालीन सेवालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । स्पेनको संवैधानिक अदालतले उक्त जनमतसंग्रह अवैधानिक भएको बताएको छ । स्पेनी सरकारले पनि मतदान रोक्न आग्रह गर्दै आएको छ ।

जनमतसंग्रहमा भाग लिँदै मत खसाल्न मतदान केन्द्रमा लामबद्ध भएकाहरुलाई प्रहरीले हस्तक्षेप गरेको हो । संघीय प्रहरीले गरेको हस्तक्षेपको क्याटलन नेताहरुले आलोचना गरेका छन् ।

प्रहरी अधिकृतहरुले मानिसहरुलाई मतदान गर्नबाट रोकिरहेका छन् । कयौं स्थानमा मतपत्र र मतपेटिका प्रहरीले आफ्नो नियन्त्रणमा राखेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर