newskoseli.Com

प्रधानमन्त्रीद्वारा राजीनामा, भन्छन्– ‘मेरो हत्या गर्ने षडयन्त्र चलिरहेछ’ !

आफूलाई ज्यानको जोखिम रहेको भन्दै लेबनानका प्रधानमन्त्री साद अल हरिरीले पदबाट राजीनामा दिएको बीबीसीले जनाएको छ ।

साउदी अरबबाट टेलिभिजन सम्बोधन गर्दै उनले अप्रत्याशित रूपमा राजीनामा घोषणाका हुन् । उनी केही दिनयता साउदी अरबको भ्रमणमा छन् ।

सन् २००५ मा उनका पिता एवम् पूर्वप्रधानमन्त्री रफिक हरिरीको हत्या भएको थियो । अहिले पनि त्यतिबेलाको जस्तै अवस्था आएको भन्दै उनले भनेका छन्– ‘मलाई निशाना बनाउनका लागि गुपचुप तरिकाबाट योजना बनिरहेको छ ।’

साद अल हरिरी गत वर्ष नोभेम्बरमा प्रधानमन्त्री बनेका थिए । त्यसअघि उनी सन् २००९ देखि २०११ सम्म पनि प्रधानमन्त्री थिए ।

सम्बोधनका क्रममा उनले इरान समर्थक शिया हिजबुल्लाह र इरानको आलोचना गरे । साउदी अरेबिया इरान र हिजबुल्लाहको कट्टर विरोधी देश हो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर