newskoseli.Com

दूध बेचेर मासिक दस हजार आम्दानी

बराङ्दी गाविस–९ धापखोलाका ७४ वर्षीय रुक्मागत बस्याल बिहान साँझ गाई दुहुन्छन । उनले चार वर्ष अघिदेखि गाईपालन गर्न थालेका हुन् । भैँसीले भन्दा जर्सी गाईले बढी दूध दिन थालेपछि उहाँ गाईपालनमा लागेका हुन् ।

अहिले बस्यालले दूध बेचेर मासिक रु दस हजार बढी आम्दानी गर्न थालेका छन । गाईको दूध बेचेर मनग्य आम्दानी हात लागेपछि अहिले गाईको स्याहारसुसार नै दैनिकी बनेको छ । दूध बेचेको आम्दानीले परिवारको लालनपालन र पाँच सन्तानको शिक्षादीक्षाका लागि खर्च जुटेको बस्याल बताउछन्।

“आम्दानीको स्रोत भनेकै गाईपालन हो,” उनले भने। दुईवटा गाईले दैनिक पाँचदेखि छ लिटर दूध दिने गरेका छन् । खडेरीका कारण घाँस पानीको समस्या भएको छ । खडेरीले आम्दानी घटाएको बस्यालको गुनासो छ ।

बस्यालको छोरा भारतमा मजदुरी गरी मासिक रु १५ हजारदेखि रु २० हजार आम्दानी गर्छन । तर बस्याल परिवारले उनलाई पनि पशुपालन व्यवसायमै आवद्ध गराउने सोच बनाएको छ । वृद्ध बस्याल सीपका धनी हुनुहुन्छ । उनि आफैँले नाम्लो, दाम्लो, डोको, कुचो बनाउछन् ।

पछिल्लो समय जर्सी गाई पालेका किसानले भैँसी भन्दा गाईपालनमा बढी जोड दिएका छन् । जर्सी गाई पालेर दूध बेच्नेको आम्दानी देखेपछि किसान भैँसीभन्दा गाई पालनतर्फ आर्कषित हुन थालेका हुन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर