newskoseli.Com

ज्योति विकास बैंकको शाखा विस्तार : तारकेश्वर नगरपालिकामै पहिलो बैंक

ज्योति विकास बैंक लिमिटेडले देशभर आफ्नो सेवा विस्तार गर्ने क्रममा सोमबार (मंसिर ४) देखि काठमाडौंको तारकेश्वर नगरपालिका– ११, नेपालटारमा नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएको छ ।

तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहरा र विकास बैंकका सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपमा शाखा कार्यालयको उुदघाटन गरेका छन् । तारकेश्वर नगरपालिकामै पहिलो बैंकका रुपमा ज्योति विकास बैंकको यस शाखाले कारोबार सञ्चालनमा ल्याएको हो ।

गत सातभित्र मात्रै ज्योति विकास बैंकले मकवानपुरको ग्रामीण भेग बागमती गाउँपालिकाको फापरबारी, मकवानपुरकै हेटौंडा बजार र महोत्तरीको रामगोपालपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको उक्त बैंकले जनाएको छ । सहरी एवं ग्रामीण भेग र वित्तीय पहुँच नपुगेका स्थानहरुमा शाखा विस्तार गर्दै सेवा क्षेत्र फराकिलो पारेर लगिने र मुनाफा मात्र नहेरी सामाजिक उत्तरदायित्व र सेवाभाव समेतमा जोड दिँदै आएको जानकारी उदघाटन कार्यक्रममा गराइयो ।

उदघाटन कार्यक्रममा तारकेश्वर नगरपालिका– ११ की वडाध्यक्ष वृन्दा बुढाथोकीलगायत वडाका प्रतिनिधिहरुलगायत विशिष्ठ व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

२०६५ साउन ९ देखि राष्ट्रियस्तरको विकास बैंकका रुपमा सञ्चालनमा आएको यस बैंकका ४६ वटा शाखा कार्यालय र १४ वटा एटीएम काउन्टरले सर्वसाधारणमा सेवा प्रवाह गरिरहेका छन् । यस बैंकले ग्राहकहरुलाई विभिन्न निक्षेप योजना तथा कर्जा सुविधासहित एबीबीएस, आश्बालगायतका सम्पूर्ण आधुनिक बैकिंङ सेवाहरु उपलव्ध गराइरहेको छ ।

स्थानीयस्तरमा कृषि उत्पादन, पशुपालन, फलफूल खेती, उद्योग, व्यापार व्यवसाय समेतमा केन्द्रित गरी लघुवित्त कार्यक्रम समेत सञ्चालन गरी बैंकिङ सुविधा उपलव्ध गराइने बैंकले जनाएको छ । ज्योति विकास बैंकले हालसम्म विकास करिव १२ अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन तथा १० अर्ब ७० करोड रुपैयाँ कर्जा प्रवाह गरिसकेको छ ।

राप्तीभेरी विकास बैंकको प्राप्ति (एक्विजिसन) पश्चात यस बैंकको चुक्ता पुँजी २ अर्व ३७ करोड पुगेको छ । गत आ.व. को नाफाबाट बोनस शेयर वितरण गरिसक्दा नेपाल राष्ट्र बैंकले तोकेको राष्ट्रियस्तरको विकास बैंकको चुक्ता पुँजी पुग्ने बैंकले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर