newskoseli.Com

स्वावलम्बनका लागि उद्यमशीलता : उपप्रमुख मिश्र

धनगढी उपमहानगरपालिकाकी उपप्रमुख सुशीला मिश्र भट्टले स्वावलम्बनका लागि उद्यमशीलता आवश्यक भएको बताएकी छन् ।

यहाँस्थित गीताञ्जली ब्युटी पार्लर तथा तालिम केन्द्रको उद्घाटन गर्दै मिश्रले स्वरोजगारमूलक व्यवसायले व्यक्तित्व विकासका साथै युवाहरुलाई स्वावलम्बी बन्न सघाउने बताएकी हुन् ।

युवाहरुका यस्ता कार्यको प्रशंसा गर्दै बेरोजगारीका कारण युवाहरु विदेशिन बाध्य भइरहेको वर्तमान समयमा स्वरोजगारमूलक व्यवसायीलाई हौसला दिन सके राष्ट्रको मुख्य समस्या समाधानमा सघाउ पुग्ने उनले बताइन् ।

कार्यक्रममा बोल्दै कैलाली उद्योग वाणिज्य संघका उपाध्यक्ष गजराज पाण्डेले गुणस्तीय जीवन र स्वावलम्बनका लागि पनि स्वरोजगारमूलक व्यवसायलाई प्रवर्द्धन गर्नुपर्ने धारणा राखे ।

यस तालिम केन्द्रले ६ वर्षदेखि कैलालीको अत्तरियाबाट सेवा दिँदै आएको थियो ।

करिव ८ लाख रुपैयाँको लागतमा सीएल मार्ट धनगढीमा तालिम केन्द्रले सेवा सुरु गरेको सञ्चालक गीता सुनारले जानकारी दिइन् ।

स्वस्थ, जागरुक र सुन्दर जीवनका लागि हरेक मानिसले ध्यान दिनुपर्ने र आत्मनिर्भर व्यवसायीको सम्मानका लागि राज्यले पनि सहयोग एवं हौसला दिनुपर्ने उनले बताइन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर