newskoseli.Com

सानिमा इक्विटी फन्डको निष्कासन मंगलबारदेखि

सानिमा क्यापिटलले १ अर्ब २० करोड रुपैयाँको इकार्इ निष्काशन गर्ने भएको छ । सानिमा बैंक कोष प्रबर्द्धक रहेको क्यापिटलले १० रुपैयाँ दरका १२ करोड इकार्इ निष्काशन गर्न लागेको हो ।

सातवर्षे बन्दमुखी योजनामा कूल १५ प्रतिशत अर्थात् १ करोड ८० लाख रुपैयाँका इकार्इ सानिमा बैंकले र सानिमा क्यापिटलले किन्नेछन् । बाँकी १० करोड २० लाख इकार्इहरु मंसिर १२ देखि १५ सम्म सर्वसाधारणलाई बिक्री गरिने भएको छ ।

आस्बा सेवा दिने आफ्नो खाता रहेको बैंकबाट इकार्इ खरिद गर्न चाहनले आवेदन दिन सक्ने जनाइएको छ । न्यूनतम १ सय इकार्इ अर्थात् १ हजार रुपैयाँका लागि आवेदन दिनुपर्छ । बढिमा २ करोड ४० लाख रुपैयाँसम्मको आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर