newskoseli.Com

बुद्धको जन्मभूमि नेपालीका लागि अझ विशेषः बेलायती प्रधानमन्त्री डेभिड क्यामरून

बेलायतका प्रधानमन्त्री डेभिड क्यामरनले २५६० औं बुद्ध जयन्तीको अवसरमा नेपालीहरुलाई शुभकामना सन्देश पठाउँदै भगवान गौतमवुद्धको विचार विश्वव्यापी रहेको बताएका छन् ।

विश्वभर रहेका बुद्ध धर्मावलम्वीलाई बुद्ध जयन्तीको शुभकामना दिदैं प्रधानमन्त्री क्यामरूनले  बुद्धको जन्मभूमि नेपाली  जनताका लागि यो अझ विशेष भएको उल्लेख गरेका छन् ।

क्यामरनले  बेलायत र नेपालले द्वौत्य  सम्वन्धको २०० सय वर्ष मनाइरहेको यो अवसरमा बुद्ध जयन्तीको शुभकामना पठाउन पाउँदा खुशी भएको उल्लेख गरेका छन् ।

यसैबीच, बुद्धजयन्तीको अवसर पारेर काठमाडौंमा बुद्ध सम्मेलन आयोजना गरिएको छ । बिहीबार प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेको सम्मेलनमा विभिन्न देशका बौद्ध धर्मावलम्वी र धर्म गुरुहरुको उपस्थिति रहेको छ । सम्मेलनमा उपस्थित विदेशीहरु आज बुद्ध जन्मस्थल लुम्बिनी जाँदै छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर