newskoseli.Com

अम्बे सिमेन्टको इजाजत रद्द : गुणस्तरहीन पदार्थको प्रयोग

नेपाल गुणस्तर तथा नापतौल विभागले अम्बे सिमेन्ट प्रा.लि. को इजाजत रद्द गरेको छ ।

अम्बे सिमेन्टले नेपाल गुणस्तरले तोकेको भन्दा ज्यादै कमजोर कच्चा पदार्थको प्रयोग गरेर उत्पादन गरेपछि विभागले मंगलबार विभागबाट प्रदान गरिएको प्रमाण चिह्न प्रयोगको इजाजत रद्द गरेको हो ।

अम्बे सिमेन्टले आफ्नो ओपीसीको उत्पादनमा नेपाल गुणस्तरले तोकेको मापदण्डभन्दा कमजोर कच्चा पदार्थ प्रयोग गरेर उत्पादन गरेकाले इजाजतपत्र रद्द गर्नुपरेको जानकारी विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले दिएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर