झापाको गोलधाप–२ स्थित स्वास्थ्य चौकी निर्माण गर्न स्थानीय केही महानुभावले करिब ७० लाख मूल्य पर्ने जग्गा स्वास्थ्य चौकीलाई दान गरेका छन् ।
जग्गा दान गर्नेहरुमा धर्म सिवाकोटी १ कट्ठा, होम सिवाकोटी १ कट्ठा, दिलकेशर थापा १ कट्ठा, यज्ञराज पकुवाल १ कट्ठा १० धुर, जीवन पकुवाल १ कट्ठा, रुक्मणि सङ्ग्रौला १ कट्ठा र रमेश पकुवाल १ कट्ठा जग्गा दिएको धर्म सिवाकोटीले जानकारी दिए ।
स्थानीय समुदायको माग र अग्रसरताबाट प्राप्त भएको जग्गामा निकट भविष्यमै स्वास्थ्य चौकी बन्ने र त्यसबाट आमनागरिकलाई स्वास्थ्य सेवा सरल र सुलभ तरिकाले प्रदान गर्ने वरिष्ठ जनस्वास्थ्य अधिकृत चन्द्रदेव मेहताले जानकारी दिए।
यसैगरी, गोलधाप प्रहरी चौकीलाई सुरक्षाको निम्ति घेराबेरा लगाउन स्थानीय समुदायले सङ्कलित गरेको १३ लाखमा निर्माण कार्य सम्पन्न भएको बताइएको छ ।