newskoseli.Com

बन्दुक पड्काएपछि मात्रै यार्सागुम्बा सङ्कलन

यार्सागुम्बाको प्रचारप्रसारलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउने उद्देश्यका साथ जिल्लाको उत्तरपूर्वी क्षेत्रस्थित रन्मा मैकोट गाविसको पुपालमा पहिलो पटक यार्सागुम्बा महोत्सव आयोजना गरिँदै छ ।

जैविक विविधता दिवसको अवसर पारी यही जेठ ९ गतेदेखि २३ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको महोत्सव मूल आयोजक समितिका संयोजक लक्ष्मीप्रसाद पुनले जानकारी दिए । महोत्सव आयोजना गरिएको क्षेत्र समुद्र सतहदेखि करिब ४ हजार ५०० मिटरको उचाइमा पर्छ ।

सदरमुकाम मुसिकोट खलङ्गाबाट करिब ४२ कोष टाढा रहेको सो क्षेत्रमा पुग्न दुई दिन लाग्छ । महोत्सवको उद्घाटन सभामुख ओनसरी घर्ती मगरले गर्ने कार्यक्रम तय भएको पुनले बताए । उक्त अवसरमा वनमन्त्री अग्नीप्रसाद सापकोटा र आपूर्ति मन्त्री गणेशमान पुनको सहभागिता रहने छ । सोही महोत्सवपछि यो वर्षको यार्सा सङ्कलन कार्यको सुरुवात गरिने छ ।

“हाम्रा स्वयम्सेवकले एकैचोटी बन्दुक पड्काएपछि यार्सा टिप्न खुला गरिएको मानिने छ,” संयोजक पुनले भने । यही जेठ ११ गते बन्दुक पड्काइने छ । वन मन्त्रालयका जैविक विविधता महाशाखा प्रमुख विजयराज पौडेल यसपटक यार्सालाई नै केन्द्रित गरेर महोत्सव आयोजना गरिएको बताए ।

शक्तिबद्र्धक जडीबुटीको रुपमा चिनिएको यार्सागुम्बाको मूल्य गत वर्ष प्रति गोटा १ हजार रहेको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर