newskoseli.Com

हेलिकप्टर दुर्घटना, राष्ट्रपतिकी बहिनीसहित ६ को मृत्यु

राष्ट्रपति ओर्लान्डो हर्नान्डेजकी बहिनी हिल्डा हर्नान्डेजसहित ६ जनाको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । होन्डुरसको राजधानी नजिकै रहेको पहाडमा हेलिकप्टर दुर्घटना भएको रोयटर्सले जनाएको छ ।

हिल्डासहित ४ जना सुरक्षाकर्मी र १ जना पाइलट रहेकाे सैन्य हेलिकप्टरमा टेगुसिगाल्पा अन्तर्राष्ट्रिय विमानस्थलबाट ६० किलोमिटर टाढा कामायागुवामा रहेको उनको निवासतर्फ उडान भरिएकाे थियाे । उडान भरेलगत्तै सेनाले विमान हराएको जानकारी दिएको थियो ।

पछि हेलिकप्टर पहाडमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । दुर्घटनामा हेलिकप्टरमा सवार सबैको मृत्यु भएको छ । राष्ट्रपतिको नेसनल पार्टीका प्रमुख रेयनाल्डो सान्चेजले हिल्डालाई ‘पार्टीको अथक योद्धा’ को संज्ञा दिँदै उनको चीर आत्माको शान्तिका लागि प्रार्थना गरेका छन् ।

गत २६ नोभेम्बरमा भएको राष्ट्रिपति निर्वाचनपछि विवादमा रहेका राष्ट्रपति हुवान ओर्लान्डो हर्नान्डेजले आफ्नो ट्विटर अकाउन्टमा कालो रिबन राखेका छन् ।

हर्नान्डेजले ४३ प्रतिशत मत ल्याएको र उनका प्रतिद्वन्द्वी साल्भाडोर नार्सालाले ४१.४ प्रतिशत ल्याएको घोषणा गरे पनि धाँधली भएको भन्दै नतिजा नमान्ने नार्सालाले बताएका छन् । हालसम्म विजेताको घोषणा हुन सकेको छैन ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर