newskoseli.Com

व्यंग्यकविता : मार्क्सवाद मर्दैन, लेनिनवाद मर्दैन… !

जागृत रायमाझी नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य हुन् । तत्कालीन नेकपा (माओवादी) र नेकपा (एकताकेन्द्र–मसाल) बीच पार्टी एकता हुँदाताका उनी एकताकेन्द्र–मसाल आबद्ध विद्यार्थी संगठनका नेता थिए । एकतापछि २ कार्यकाल एकीकृत अखिल (क्रान्तिकारी) को केन्द्रीय उपाध्यक्ष रहेका रायमाझी त्यसपछि विद्यार्थी संगठन छाडेर पार्टी राजनीतिमै क्रियाशील रहे ।

यतिबेला पार्टीमा आफ्नो ‘जिम्मेवारी’ वा ‘हैसियत’ र ‘कमिटी’ नै के–कहाँ हो भन्ने नै थाहा नपाइएको बताउने उनी एमाले–माओवादी केन्द्र एकताको तीव्र विरोधमा उभिएका छन् ।

खरो भाषण गर्ने प्रखर युवानेताको परिचय बनाएका रायमाझी विचार सम्प्रेषणका हरेक अवसरलार्इ काव्यात्मक बनाउन रूचाउँछन् । प्रत्येकजसो फेसबुक ‘स्ट्याटस’ र ‘कमेन्ट’ हरू समेतलार्इ कवितात्मक बनाउने उनले एमाले–माओवादी एकता–प्रसंगलार्इ समेत यसरी काव्यात्मक नै बनाएका छन्–

साथीहरु !

क. प्रचण्ड, क. नारायणकाजी,
क. बादल, क. अनन्त र क. महराले
बिछट्टै रहर गरिसकेपछि

क. केपी, क. माधव नेपाल,
क. झलनाथ र क. वामदेवले मानिदिएपछि

अब माओवादी र एमालेको एकता
ईन्द्रको बाउ चन्द्र आए पनि रोक्न सक्दैन !

तर,
धक नमानी भनौं–

यो नेपालको
कम्युनिस्ट आन्दोलनको विसर्जन हो !
यो मार्क्सवादको आधारभूत
दर्शन र सिद्धान्तको परित्याग हो !

यो संसदीय पुँजीवादी व्यवस्थाको
नयाँ हिमायती बन्न र बनाउन गरिएको
प्रयत्न हो !

र,
लय लगाएर रायनहरुले गाएको
एउटा गीत फेरि गुनगुनाऔं–

जुगजुगसम्म, यहाँ वर्ग रहेसम्म
पृथ्वीले आफ्नो गति लिई हिँड्दासम्म
मार्क्सवाद मर्दैन, लेनिनवाद मर्दैन
माओवाद/विचार मर्दैन, मर्दैन, मर्दैन !!

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर