
लगानीयोग्य पुँजीको अभाव खेपिरहेका बैंकहरुले धमाधम ब्याजदर बढाएर मुद्धति निक्षेप तानिरहेका बेला बैंकका प्रमुख कार्यकारी अधिकृत (सीर्इओ) हरूले त्यसरी बारम्बार ब्याजदर नबढाउने ‘भद्र सहमति’ गरेका छन् ।
बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले आइतबार आयोजना गरेको छलफल कार्यक्रममा बैंकका सीर्इओहरूले त्यस्तो ‘सहमति’ गरेको खबर सोमबारको नागरिक दैनिकमा प्रकाशित छ ।