newskoseli.Com

डेंगुको खोपबाट १४ बच्चाको मृत्यु !

फिलिपिन्समा डेंगुको खोपका कारण १४ जना बालबालिकाको मृत्यु भएको आशंकासहित अनुसन्धान सुरु गरिएको छ । स्वास्थ्यमा सतर्कता अपनाउँदै सरकारले प्रतिबन्ध लगाएको खोप नै उनीहरुको मृत्युको कारण हुन सक्ने आशङ्का गरिएको अधिकारीहरूले शुक्रबार जनाएका छन् ।

‘डेङभाछिया’ को विक्रीवितरण गर्न सरकारले गत महिनादेखि नै बन्द गराएको थियो । फ्रान्सेली उत्पादक कम्पनी ‘सानोफी’ ले भने उक्त खोप मानव प्रयोगका लागि सुरक्षित रहेको बताएको छ ।

घटनाबारेमा अनुसन्धान गर्न स्वतन्त्र विज्ञहरुको एउटा टोली बनाएर खटाइएको सरकारी अधिकारीहरुले जनाएका छन् । उनीहरुले एक वा दुई हप्ताभित्रैमा प्रतिवेदन तयार पारेर बुझाउने अपेक्षा गरिएको स्वास्थ्य सचिव फ्रान्सिस्को दुक्युले जानकारी दिएका छन् ।

अनुसन्धानका क्रममा मृत्युको कारण के हो र मृत्युका पछाडि खोपको सम्बन्ध होला कि नहोला भनेर सोधिने भएको छ । फिलिपिन्समा गत वर्ष विद्यालय तहका ८ लाख जना बालबालिकाहरुलाई डेंगु विरुद्धको खोप दिइएको थियो । विश्वकै पहिलो डेंगु प्रतिरक्षा कार्यक्रमअन्तर्गत उनीहरुलाई खोप दिइएको हो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर