newskoseli.Com

सन् २०१७ भरिमा भूकम्पका ८ हजार धक्का !

सन् २०१७ मा चिलीमा ८ हजार ९४ पटक भूकम्पका साना–ठूला धक्का आएको महसुस भएको छ ।

उक्त सङ्ख्या सन् २०१० यताको सबभन्दा उच्च रहेको राष्ट्रिय भूगर्भ केन्द्रले बिहीबार जानकारी दिएको छ । चिलीमा भूकम्पका धक्काहरु धेरै आउने गर्दछन् । भूकम्प गएको यो सङ्ख्या सन् २०१६ भन्दा २६ प्रतिशत र सन् २०१५ भन्दा २५ प्रतिशतले बढी भएको पनि उक्त केन्द्रले बताएको छ ।

चिली विश्वका अरू सबै देशकाे तुलनामा बढी नै भूकम्प जाने देशमा पर्दछ । चिलीमा सन् २०१५ मा ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर