newskoseli.Com

फागुन १२ मा राष्ट्रिय लोकभजन प्रतियोगिता…

लोप हुन लागेका नेपाली लोकभजनको संरक्षणको उद्देश्यले फागुन १२ मा पोखरामा प्रथम खुला राष्ट्रिय लोकभजन प्रतियोगिता हुने भएको छ ।

आधुनिकताको चपेटामा लोकभजनका साथै अन्य संस्कृति लोप हुँदै गएकाले यसको जगेर्नाका लागि प्रतियोगिता आयोजना गर्न लागिएको कार्यक्रम संयोजक तुलसी प्रवासले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बताए ।

खैंजडी, मुजुरा, मृदङ्ग, मादलजस्ता परम्परागत बाजाका साथमा देशका विभिन्न जिल्लाबाट ५० भन्दा बढी समूह प्रतियोगितामा सहभागी हुने बताइएको छ । दर्ता भएका समूहलाई माघभरि जिल्लामा छनोट गरी अन्तिम १५ समूहलाई पोखरास्थित प्रदर्शनी केन्द्रमा प्रतिस्पर्धा गराइनेछ ।

पुष्पाञ्जली भजन समूह र लायन्स क्लब अफ पोखरा भद्रकालीको संयुक्त आयोजनामा हुने प्रतियोगिताका प्रथम, द्वितीय र तृतीयलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार रूपैयाँसहित प्रमाणपत्र तथा अन्य ५ उत्कृष्ट समूहलाई ३–३ हजार रूपैयाँसहित प्रमाणपत्र दिइने लायन्स क्लबका अध्यक्ष भरत कोइरालाले जानकारी दिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर