newskoseli.Com

जाँड–रक्सी सस्तिँदा समाजलाई समस्या !

अत्यधिक मात्रामा मदिरा सेवन गर्ने बानीले थुप्रै अछामीको जीवन नै बर्बाद हुन थालेको छ । दुर्गम गाउँसम्म सहजै उपलब्ध हुने मदिरा सेवनका कारण कलिलै उमेरमा थुप्रैको जीवन बर्बाद हुने स्थितिमा पुगी समाज नै आक्रान्त बन्न थालेको छ ।

करिव २४ वर्षपछि २०६८ चैतदेखि मदिराको खुला बिक्रीवितरण सुरु भएको अछाममा मदिराको सही व्यवस्थापन हुन नसक्दा त्यसबाट नकारात्मक असर देखिन थालेको छ । गाउँगाउँमा सहजै उपलब्ध हुने कमसल खालको मदिरा सेवनकै कारणले थुप्रै मानिसको जीवन बर्बाद हुने स्थितिमा पुग्न थालेको हाे ।

७५ युपीको न्यूनतम २५–३० रूपैयाँसम्ममा पनि मदिरा उपलब्ध हुन थालेपछि के युवा, के वृद्धवृद्धा– सबैमा यसको खपत बढेको छ । मदिरा सेवन अछामीका शरीरमा क्यान्सरजस्तै बनेर जरा गाड्न थालेको छ । अत्यधिक मात्रामा मदिरा सेवनकै कारणले स्वयं व्यक्तिको स्वास्थ्य र ज्यानमा त प्रत्यक्ष असर परेको छ नै, घरपरिवार र समाजमा झैझगडा समेत बढेको छ ।

प्रहरीको अध्ययन अनुसार समाजमा हुने हत्या, आत्महत्या, कुटपिट, गालीगलोजलगायत अधिकांश घटनाका पछाडि मदिरा सेवन नै प्रमुख कारण रुपमा देखिएको छ । गत आ.व. मा प्रहरीमा परेका निवेदन र उजुरीमध्ये ७० प्रतिशतभन्दा बढी घटना हुनुका पछाडि मदिरा सेवन नै प्रमुख कारणका रुपमा देखिएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।

“कुनै पीर पर्दा होस् या खुशीयाली मनाउँदा होस्, अधिकांशले मदिरा नै सेवन गर्ने पाइएको छ ।” श्रीमान् मदिरा सेवन गरेर घर आएपछि श्रीमतीसँग झगडा हुने र त्यही कारणले महिला हिंसाका घटना बढ्नुका साथै स्वयं व्यक्ति तनावमा आएर आत्महत्यासम्म गर्न पुगेको न्यौपानेले बताए ।

दुर्गम गाउँसम्म ७५ युपीसम्म मदिराको मात्रा भएको ‘कर्णाली सौफी’ सहजै उपलब्ध भइरहेको छ । २५ देखि ३० रूपैयाँसम्ममा पाइने उक्त मदिरा गाउँ–गाउँमा सहजै उपलब्धताकै कारणले न्युन आय भएका मानिसले सेवन गर्न सक्ने हुँदा यसबाट समाजमा भयावह अवस्था नै सिर्जना भएको मेल्लेख गाउँपालिका– ५ का रेवन्त अधिकारीले बताए ।

कर्णाली सौफीकै कारणले सिंगो गाउँ नै आक्रान्त बनेपछि गत वर्ष तत्कालीन गाउँ परिषदले मदिरा बिक्रीवितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । “कर्णाली सौफी समयमै बिक्रीवितरणमा प्रतिबन्ध नलगाएमा थुप्रै कलिला जीवन यसले निल्नेछ”, अधिकारीले चिन्ता व्यक्त गरे ।

गाउँगाउँमा मदिरा सेवनबाट हुने नकारात्मक असर बढ्ने थालेपछि २ वर्षअघिदेखि नै न्यून गुणस्तर भएको मदिरा बिक्रीवितरणमा प्रतिबन्ध लगाउनुपर्ने आवाज उठ्न थालेको हो । कमसल खालको मादक पदार्थको प्रयोगले अर्बुद र क्षयरोग निम्त्याउने र त्यसबाट गरिबहरु थप समस्यामा पर्ने भएकाले जिल्लाका प्रायजसो कार्यक्रममा आवाज उठ्न थालेपछि अछाम उद्योग वाणिज्य संघको अगुवाइमा सर्वदलीय बैठकले ५० युपीमाथिको न्यून गुणस्तरको मदिरा बिक्रीवितरणमा रोक लगाउने निर्णय गरेको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर