newskoseli.Com

नेपालले श्रीलङ्कालार्इ एक लाख अमेरिकी मुद्रा सहयोग गर्ने

 सरकारले श्रीलङ्कामा हालै भीषण वर्षाका कारण आएको बाढी र पहिरोमा परी जनधनको क्षति भएकामा गहिरो दुःख प्रकट गरेको छ ।

यस दुःखको घडीमा नेपाल सरकार श्रीलङ्का र त्यहाँका जनताका साथमा रहेको आज परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सरकारले उद्धार कार्यमा सहयोग पुर्‍याउनका लागि एक लाख अमेरिकी मुद्रा सहयोग गर्ने निर्णय गरेको जनाइएको छ । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर