newskoseli.Com

सिभिल बैंक लिमिटेड र लाइफ इन्स्युरेन्स कर्पोरेसन नेपालबीच सम्झौता

सिभिल बैंक लिमिटेडले जीवन बीमा सेवाको सुरुआत गर्ने उद्देश्यले लाइफ इन्स्युरेन्स कर्पोरेसन नेपाल (एलआईसी नेपाल) सँग सम्झौता गरेको छ ।

सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र एलआईसी नेपालका तर्फबाट प्रमुख कार्यकारी अभिजित घोष दस्तिदारले हस्ताक्षर गरेका छन् ।

यस सम्झौताबाट बैंकले एलआईसी नेपालका विविध जीवन बीमा योजनाहरु विनाझन्झट प्रदान गरी आफ्ना ग्राहकवर्गलाई प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताएका छन् ।

सिभिल बैंकले यसअघि निर्जीवन बीमा सेवा समेत उपलब्ध गराउँदै आइरहेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर