newskoseli.Com

व्यापार घाटा बढ्यो ६ महिनामै ३२ गुणा, वीरगञ्जको मात्रै १ खर्ब ८२ अर्ब…

देशकै प्रमुख भन्सार नाका वीरगञ्जको व्यापार घाटा चालू आर्थिक वर्षको ६ महिनामा ३२ गुणा पुगेको छ ।

गत आ.व. को पहिलो ६ महिनामा वीरगञ्ज नाकाको व्यापार घाटा १९ गुण रहेकामा चालू आ.व. मा व्यापार घाटा ३२ गुणा पुगेको हो ।

आ.व. २०७४/७५ को साउनदेखि पुससम्म १ खर्ब ८८ अर्ब १२ करोड ९४ लाख मूल्यका विभिन्न वस्तु आयात भएको थियो । सो नाका भएर ५ अर्ब ७२ करोड ९६ लाखको वस्तु निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयका भन्सार प्रमुख सेवन्तक पोखरेलले जानकारी दिएका छन् ।

आयात–निर्यातलाई तुलना गर्दा चालु आ.व. को ६ महिनामा वीरगञ्ज नाकाको व्यापार घाटा १ खर्ब ८२ अर्ब ३९ करोड ९७ लाख पुगेको उनले बताए । नेपालबाट भारत तथा तेस्रो मुलुकतर्फ हुने निर्यात दिनानुदिन घट्दै गएको र आयात बढ्दै गएका कारण वीरगञ्ज नाकाको व्यापार घाटा बढ्दै गएको हो ।

नेपालमा उत्पादन भएका वस्तुले विश्वबजारमा प्रतिस्पर्धा गर्न नसकेका कारण वीरगञ्ज नाकाबाट भारत तथा तेस्रो मुलुकका लागि हुने निर्यात घट्दै गएको र नेपाली बजारको माग बढ्दै गएकाले सो नाकाबाट आयात दिनानुदिन बढ्दै गएको भन्सार प्रमुख पोखरेलले बताए ।

गत आ.व. को तुलनामा चालु आ.व. को पहिलो ६ महिनामा वस्तुको निर्यातमा १ अर्ब ९१ करोड १२ लाखको कमी आएको भन्सारले जनाएको छ । आ.व. २०७३/७४ को पहिलो ६ महिनामा वीरगञ्ज नाकाबाट ७ अर्ब ६४ करोड ८ लाखका विभिन्न वस्तु निर्यात भएको थियाे । त्यसकाे तुलनामा चालु आ.व. को सोही अवधिमा ५ अर्ब ७२ करोड ९६ लाखको वस्तु निर्यात भएको भन्सार प्रमुख पोखरेलले जानकारी दिए ।

नेपालबाट भारत तथा तेस्रो मुलुकतर्फ निकासी हुने मुख्य वस्तुमा जुस, जाम, आयुर्वेदिक औषधि, अन्य रेसाको कपडा, दन्तमञ्जन, फलामे पाइपलगायत छन् । आयात गरिने मुख्य वस्तुमा पेट्रोलियम पदार्थ, वाहन, खाद्यान्नलगायत छन् ।

नेपालबाट भारत तथा तेस्रो मुलुकका लागि करिव १ सय ५० प्रकारका वस्तु निर्यात हुने गरेका छन् भने भारत तथा तेस्रो मुलुकबाट वीरगञ्ज नाका प्रयोग गरी ३ हजारभन्दा बढी प्रकारका वस्तु आयात हुने गरेको भन्सार कार्यालयले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर