newskoseli.Com

वृद्धभत्ता बुझ्ने साढे ५ लाख थपिँदै, राज्यकोषमा बढ्यो १३ अर्ब थप भार

देउवा सरकारले हालै गरेको ६५ वर्ष पुगेका नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिने निर्णयसँगै राज्यको ढुकुटीमा अर्बौं रूपैयाँ भार थपिएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन निर्देशिका संशोधन गर्दै ६५ वर्ष पुगेका नेपाली नागरिकलाई वृद्धाभत्ता दिने व्यवस्था गरेपछि राज्यकोषमा १३ अर्ब थप भार बढेको हो ।

पेन्सन लिइरहेका वा सरकारबाट पारिश्रमिक पाइरहेका बाहेक ६५ वर्ष पुगेका नागरिकले अबदेखि महिनाको २ हजार रुपैयाँ पाउनेछन् । हालसम्म ७० वर्ष पुगेकाले मात्र यस्तो सुविधा पाइरहेका थिए । ७० वर्ष पुगेर भत्ता बुझ्नेहरू ९ लाख भएको केन्द्रीय पञ्जीकरण विभागका निर्देशक खिलप्रसाद सुवेदीले जानकारी दिए ।

नयाँ व्यवस्थासँगै भत्ता लिनेको संख्या करिव १५ लाख पुग्ने अनुमान गरिएको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार २०७३ मा ६५ देखि ६९ वर्ष उमेर समूहको जनसंख्या ६ लाख २७ हजार छ, जसको वृद्धिदर ८ देखि १२ प्रतिशत रहने विभागको प्रक्षेपण छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर