newskoseli.Com

नविल बैंकले ल्यायो ३ स्मार्ट योजना

नबिल बैंक लिमिटेड एकैपटक तीन योजना संचालनमा ल्याएको छ। बैंकले ल्याएका तीन योजनामा नबिल स्मार्ट बैंक, नबिल शेयर कर्जा र सेेयर खाता सञ्चालन सुविधा रहेका छन ।

नबिल स्मार्ट बैंक ग्राहकमैत्री एप्लिकेशन भएको र यसबाट नबिल बैंकद्वारा प्रदान गरिने विभिन्न सेवाहरु एउटै एप्लिकेसनमा समावेश गरिएको बैंकले जनाएको छ। नबिल स्मार्ट बैंक नबिलको हालको मोबाइल बैंकिङ सर्भिसको सुधारिएको संस्करण हो ।

नबिल स्मार्ट बैंकले प्रयोगकर्ताहरुलाई एसएमएस र इन्टरनेटको माध्यमद्वारा नबिल बैंक मात्रको नभई ई-सेवा सञ्जालमा रहेका अन्य ३४ बैंक तथा वित्तिय संस्थाहरुमा रहेका खाताहरुमा वास्तविक समयको आधारमा रकम ट्रान्सफर गर्ने सुविधा रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत सशिन जोशीले कार्यक्रममा बताएका छन।

नबिल बैंकले ल्याएको नबिल शेयर कर्जामा अभौतिक शेयर धितो राखि शेयर कर्जाले लिन सकिने सुविधा रहेको छ। जस्ले गर्दा शेयर कर्जा तथा अभौतिक शेयर व्यवस्थापनको समाधन नबिल शेयर कर्जाले गर्ने बैंकले विश्वाश ब्यक्त गरेको छ।

बैंकले देशभरी ५२ वटा शाखाहरु, ९० वटा एटिएम र १५०० भुक्तानी प्रतिनिधिहरुमार्फत आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिंग सेवा प्रदान गर्दै आएको छ ।

डेमोको लागि बिजपाटीबाट साभार 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर