newskoseli.Com

१३.३१ प्रतिशत बढ्यो शेयर कारोबार, १ अर्ब ५५ करोड ११ लाखको खरिद–बिक्री

धितोपत्र बजारमा यस साता १ अर्ब ५५ करोड ११ लाख २ हजार रूपैयाँको शेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार यस साता कूल १ सय ७२ कम्पनीको ४१ लाख ९६ हजार ४ सय ९० कित्ता शेयर खरिद–बिक्री भएको छ । कारोबार रकम गत साताको भन्दा १३ दशमलव ३१ प्रतिशत बढी हो । गत साता १ सय ७२ कम्पनीको ३४ लाख ७३ हजार २० कित्ता शेयर १ अर्ब ३६ करोड ८८ लाख ९१ हजार रूपैयाँमा खरिद–बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १९ दशमलव ४८ अंकले घटेर अन्तिम दिन १ हजार ३ सय ९१ दशमलव ०३ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ३ दशमलव ९४ अंकले घटेर २ सय ९४ अंकमा आइपुगेको छ ।

यस साता कारोबार रकमका आधारमा नेपाल बैंक लिमिटेड अग्रस्थानमा छ । सो बैंकको १६ करोड ४७ लाख १० हजार रूपैयाँको शेयर कारोबार भयो । कारोबार भएको शेयर संख्याका आधारमा पनि सोही बैंकअग्रस्थानमा छ । सो बैंकको ४ लाख ६१ हजार कित्ता शेयर कारोबार भयो ।

यस साता नेपाल स्टक एक्सचेञ्जको कारोबार कक्ष नियमित कारोबारका लागि ४ दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन । यस साता बैंक अफ काठमाडौंको ६१ लाख ५८ हजार ६७ बोनस शेयर, आर्इएसडीसी लघुवित्तको २३ लाख कित्ता हकप्रद र छिमेक लघुवित्त वित्तीय संस्थाको १६ लाख ५९ हजार २ सय ९३ कित्ता बोनस शेयर सूचीकृत भए ।

त्यसैगरी, आर्इसीएफसी फाइनान्स कम्पनीको ८ लाख ३ हजार ८ सय ८५ कित्ता, सोल्टी होटलको ८६ लाख ८८ हजार २ सय ४४ कित्ता र स्वदेशी लघुवित्त संस्थाको १ लाख ५० हजार कित्ता बोनस शेयर सूचीकृत भएको स्टकले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर