newskoseli.Com

सिभिल–एक्सिसबीच सम्झौता, सिभिल बैंकमार्फत भारतबाट रकम भित्र्याउन सजिलो

सिभिल बैंक लिमिटेड र भारतको एक्सिस बैंक लिमिटेडबीच रकम आदान–प्रदान गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा सिभिल बैंकका चिफ बिजनेस अफिसर सुजित शाक्य र एक्सिस बैंकका फाइनान्सिएल इन्स्टिच्युसन्स ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट एल श्रीरमनले हस्ताक्षर गरेका हुन् । यस सम्झौतापछि मुख्यतः भारतमा कार्यरत तथा त्यहाँ वसोबास गर्दै आएका नेपालीहरु लाभान्वित हुने बैंकले जनाएको छ ।

भारतको प्रतिष्ठित निजी क्षेत्रको अग्रणी बैंक एक्सिस बैंक लिमिटेडले भारतभर रहेका दुई हजार शाखामार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ । अब यी शाखाहरुमार्फत सिभिल बैंकका ५६ शाखाहरुमा सहजै रकम पठाउन सकिनेछ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर