newskoseli.Com

अनेसासको प्रथम सम्मेलन अमेरिकामा सुरु

 अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को प्रथम अन्तर्राष्ट्रिय च्याप्टर सम्मेलन तथा काव्य गोष्ठी आज अमेरिकाको लस एन्जलसमा सुरु भएको छ । सम्मेलनमा अस्ट्रेलिया, पोर्तुगल, नेपाललगायत अमेरिकामा रहेका च्याप्टरका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।

नेपालीभाषा साहित्यलाई विश्वव्यापीकरण गर्ने प्रक्रियामा बढिरहेको अनेसासभित्र नेपालीभाषा, साहित्य, कला संस्कृति सबै समेटिने सम्मेलनको उद्घाटन गर्दे प्राध्यापक डा खगेन्द्र लुइँटेलले बताउनुभयो । भाषा, साहित्य तथा संस्कृतिले हाम्रो पहिचान गराउने हुँदा प्रवासमा यसको प्रवद्र्धन कसले ग¥योभन्दा के गरेको छ भन्ने महत्वपूर्ण हो भन्दै डा लुइँटेलले सबै समुदायलाई यस कार्यमा लाग्न अनुरोध गरे ।

भोलिसम्म चल्ने सम्मेलनमा च्याप्टरहरुको भावी कार्यदिशा के हुन सक्छन् भनी छलफल गर्ने कार्यक्रम रहेको छ ।

सन् १९९१ मा गठन भएको अनेसासका गतिविधिहरू प्रवासमा नेपालीको जनसङ्ख्या बढेसँगै बढ्दै जान थालेका छन् । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर