newskoseli.Com

ऊ मरेकै हो आमा, मरेकै हो !

 

 

 

 

 

 

ऊ मरेकै हो आमा, ऊ मरेकै हो !
हो, मरेकै हो बाबा ऊ मरेकै हो !
सकिएर बाँच्ने सम्भावना, ऊ मरेकै हो !
ऊ मरेकै हो… !

नगर खराब संगत भन्दा मान्दै मानेन उसले !
नखाऊ खराब पदार्थ भन्दा सुन्दै सुनेन उसले !
खराबहरूको संगतले खराब बन्यो ऊ
खराब कुराको सेवनले झट्टै मर्‍यो ऊ !
मरेकै हो… !

बिर्स्यो पुराना बाटाहरू घारी पस्यो ऊ !
छोडेर आफ्नो घरमा बास अन्तै बस्यो ऊ !
किस्ता–किस्तामा मर्दै थियो, आज पूरै मर्‍यो
जन्म्यो कसैको हली भएर
हाम्रा लागि मर्‍यो
ऊ मरेकै हो… !

साँच्चै मरेको हो भनेर
गाह्रो परे नि पत्याउँन
सम्झनाहरु भेला भएर
खोजे पनि अत्याउन
मरेको मान्छे उठ्दैन अब

मर्‍यो भनेर सोच
थिति त फेरि चलाउनैपर्छ
उपाय अर्कै खोज
ऊ मरेकै हो… !

२०७४ /१० /०८ ढल्को, काठमाडौं

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर