newskoseli.Com

सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कार वरिष्ठ संगीत साधक अम्बर गुरुङलाई

भैरव सांस्कृतिक संरक्षण समिति पोखराले यस वर्षको सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कार राष्ट्रिय गानका सङ्गीतकार अम्बर गुरुङलाई प्रदान गर्ने भएको छ । सो पुरस्कारको राशि रु ७० हजार र सम्मानपत्र रहेको छ ।

हाल आफ्नै निवासमा स्वास्थ्य लाभ गरिरहनुभएका नेपाली सङ्गीत क्षेत्रका अथक साधक सङ्गीतकार गुरुङलाई उहाँकै निवासमा पुरस्कार प्रदान गरिने कार्यक्रम रहेको समितिका सल्लाहकार तीर्थ श्रेष्ठले बताए ।

यसअघि सो पुरस्कारबाट गायक फत्तेमान राजभण्डारी, संस्कृतिविद् सत्यमोहन जोशी, गायक  प्रेमध्वज प्रधान लगायतका व्यक्तित्व पुरस्कृत भइसकेका छन्  । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर