newskoseli.Com

सानिमा बैंकको नाफा अपेक्षा भन्दा बढी, संचालन मुनाफामा पनि उल्लेख्य सुधार

सानिमा बैंक लिमिटेडले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिकको अवधिसम्म ६७ करोड ४ लाख खुद मुनाफा गरेको छ। गत बर्षको यस अवधिसंगको तुलनामा बैंकले गरेको यो मुनाफा ५८.४१ प्रतिशतले बढी हो।

गत बर्ष यस अवधिमा बैंकले ४२ करोड ३२ लाख खुद मुनाफा गरेको थियो। बैंकको संचालन मुनाफामा पनि उल्लेख्य सुधार आएको छ। गत बर्षको यस अवधिसँगको तुलनामा बैंकले ३७ करोड बढीले संचालन मुनाफा गरेको छ।

यस अवधिमा १ अर्ब २ करोड संचालन मुनाफा गरेको छ जबकि गत बर्षको यस अवधिमा बैंकको संचालन मुनाफा ६५ करोड रुपैयाँ मात्र रहेको थियो । तेस्रो त्रैमासीक सम्ममा १ अर्ब २ करोड संचालन मुनाफा गरेको बैंकको संचालन खर्चमा भने वृद्धि देखिएको छ। यस अवधिसम्ममा संचालन खर्च २३ करोड पुगेको छ।

जबकि गत बर्षको यस अवधिमा संचालन खर्च १९ करोड रहेको थियो। त्यस्तै बैंकको खुद ब्याज आम्दानीमा पनि गत बर्षको यस अवधिसंगको तुलनामा बैंकको खुद ब्याज आम्दानीमा ८० करोड ९७ लाख रुपैयाँले वृद्धि भएको छ। तेस्रो त्रैमासिक सम्ममामा १ अर्ब २० करोड खुद ब्याज आम्दानी गरेको सानिमा बैंकले गत बर्षको यस अवधिमा ८२ करोड १७ लाख खुद ब्याज आम्दानी गरेको थियो।

बैंकको निक्षेप तथा कर्जापनि वृद्धि देखिएको छ। बैंकले यस अवधिसम्ममा ४३ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। जुन गत बर्षको यस अवधिसंगको तुलनामा ११ अर्ब १९ करोड रुपैयाँले बढी हो।

त्यस्तै गत बर्षको यस अवधिसंगको तुलनामा कर्जा तर्फपनि ८ अर्ब ९१ करोड रुपैयाले वृद्धि देखिएको छ। गत बर्षको यस अवधीको २७ अर्ब ५५ करोड रुपैयाँलाई बढाएर ३६ अर्ब ४६ करोड रुपैयाँ पुर्याएको छ।

यस अवधिमा बैंकको निस्क्रिय कर्जा बढेर ०.१२ प्रतिशत पुगेको छ। जुन गत बर्षको यस अवधिसंगको तुलनामा केहि बढी हो। गत बर्षको खुद मुनाफाबाट २० प्रतिशत बोनस शेयर दिएर पूँजी बढाएको सानिमा बैंकको चुक्ता पुंजी ३ अर्ब ६ करोड रुपैयाँ रहेको छ। त्यस्तै यस अवधिमा बैंकले जगेडा कोषमा १ अर्ब ४ करोड रुपैयाँ पुर्याएको छ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर