newskoseli.Com

भाटभटेनीको १२ औं शाखा चितवनमा

भाटभटेनी सुपरमार्केटको १२ औं शाखा चितवनको भरतपुरमा विस्तार भएको छ । करिब ७५ करोडको लगानीमा विस्तार गरिएको शाखाले शनिबारबाट औपचारिक कारोबार थालेको छ  ।

शाखा शुभारम्भको अवसरमा विभिन्न सामानमा १० प्रतिशत सम्म छुट प्रदान गरिएको छ । स्टोरमा कपडा, श्रृङगार, विद्युतीय सामान, फर्निचर, खाद्यवस्तु लगायत उपलब्ध छन ।

भाटभटेनीले उपत्यकाबाहिर पोखरा र धरानपछि भरतपुरमा शाखा विस्तार गरिएको हो । यो शाखामा करिब २ सय जनाले रोजगार पाएका छन् । भाटभटेनीले  केही समय भित्रै सर्वसाधारणलाई शेयर वितरण गरेर पब्लिक कम्पनीमा जाने तयारी गरिरहेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर