newskoseli.Com

माधव नेपालको गाडीमा नवराज सिलवालको लिफ्ट, सपथग्रहणमा ५ जना अनुपस्थित

शपथ समारोहमा प्रतिनिधिसभाका चार र राष्ट्रियसभाका एक सांसद अनुपस्थित थिए ।

माओवादी केन्द्रका टोपबहादुर रायमाझी पितृशोकका कारण अनुपस्थित रहे । संसद् सचिवालयका अनुसार कैलाली जेलमा रहेका राजपाका रेशम चौधरी, उमेर विवादमा परेका राजपाकै महेन्द्र यादव र माओवादी केन्द्रकी धर्मशिला चापागाईं शपथ समारोहमा उपस्थित भएनन्।

किर्ते कागजमा छानबिनका लागि प्रहरीबाट खोजी भइरहेका एमाले सांसद नवराज सिलवालले पनि शपथ लिएका छन् । उनी वरिष्ठ नेता माधवकुमार नेपालको गाडीमा लिफ्ट मागेर संसद् भवन पुगेका थिए । अनुपस्थित सांसदका लागि संसद्मै ज्येष्ठ सदस्य वा सभामुखले शपथ गराउने चलन छ ।

राष्ट्रियसभामा रमेशप्रसाद यादव अनुपस्थित रहे । संसद्का प्रवक्ता भरतराज गौतमका अनुसार नेपाली, हिन्दी, भोजपुरीलगायत ११ भाषामा सांसदले शपथ लिएको खबर सोमबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर