newskoseli.Com

महिला दिवस, निमन्त्रणा र निम्तालू…

 

 

 

 

 

 

कुनै ‘सुन्दरी प्रतियोगिता’ मा
‘तरुनी’ चेलीको
जोखिमपूर्ण शरीरको प्रदर्शनमा
निम्ता आएको भए
तिमी दौडेर पुग्थ्यौ होला !

या कुनै बहुराष्ट्रिय कम्पनीले
सन्नी लियोनको आगमन साँझ
घोषणा गरेको भए
टिकट काटेर छिर्थ्यौ होला !

या त्यस्तै कार्यक्रममा
अमिताभ बच्चन
वा सलमान खान आउने भएको भए
तीन दिनदेखि नसुती
टिकट बोकेर बस्थ्यौ होला !

मैले गरेको निमन्त्रणा बेग्लै हो
आठ मार्च–
श्रमिक महिला दिवस
प्रवचन गोष्ठी–
यहाँ महिला मुक्तिको कुरा हुन्छ
तिम्रै जिन्दगीको कुरा हुन्छ
यहाँ आउँन त गाह्रै होला नि सुन्दरी ?

दिमागभरि दासताको भारी बोकेर
लाली घसेर, पाउडर दलेर
परेला मिलाउँदै
कपाल खेलाउँदै
खुला ‘उम्मेदवार’ बनेर यौनको
बजारतिर हिँड्दै गरेकी
ए बजार–सुन्दरी !
एकछिन रोकिऊ
यता सुन–
के तिमीलाई मुक्ति मन पर्छ ?

हत्तेरिका लाटी !
मुक्ति कुनै ‘केटा’ को नाम हैन क्या…
किन नाम, थर र वतन सोधेकी मुक्तिको ?

तिमीलाई समानता मन पर्छ ?
यो पनि कुनै समभावित ‘वर’ को नाम होइन ।

बजारबाट फर्क्यौ भने दुरुस्तै
या घाइते भए पनि जीवितै
तिमीसँग बात मार्नु छ
के तिमीसँग ‘सिरियस’ हुन समय छ ?

२०७४–११–२३, ढल्को, काठमाडौं

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर