सिक्किमका मुख्यमन्त्रीका प्रतिनिधि विरु वाङ्देलले कविले सिर्जना गर्ने कविता देश र समाजलाई परिवर्तन गर्ने खालका हुनुपर्ने बताएका छन् ।
युगकवि सिद्धिचरण श्रेष्ठको १०५औँ जन्मजयन्तीका अवसरमा नेपाल–प्रज्ञा प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा विरूले कवि श्रेष्ठले देश, जनता तथा आदर्श नागरिकको परिकल्पना गर्दै परिवर्तनका लागि आजीवन सङ्घर्ष गरेकाे बताए ।
सो अवसरमा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रतिष्ठानले विशिष्ट साधक श्रेष्ठले त्यसबेला गर्नुभएको सिर्जना आजको सन्दर्भमा पनि उत्तिकै सान्दर्भिक र उपयोगी रहेको बताए ।
उनले अहिले नेताहरुले परिकल्पना गरेका नयाँ नेपाल २००७ सालमै कल्पना गर्दै कवि श्रेष्ठले ‘नयाँ नेपाल’ कविता लेखेकाे उल्लेख गरे ।
सोही समारोहमा वाङ्देलले ‘सूर्य अघि उभिएको छायाँ’ नामक कविता वाचन गरेका थिए । रासस