newskoseli.Com

६६ वर्षिया पूर्वराष्ट्रपतिलाई २४ वर्षे जेल सजाय !

दक्षिण कोरियाली पूर्वराष्ट्रपति पार्क गेउनलाई २४ वर्षको जेल सजाय तोकिएको छ ।

उनीमाथि लागेको भ्रष्टाचारसम्बन्धी मुद्दाको शुक्रबार फैसला सुनाउँदै २४ वर्ष जेल र १ करोड ७० लाख अमेरिकी डरल बराबर रकम जरिवानाको सजाय सुनाइएको हो । थुनामै रहेकी उनलाई दक्षिण कोरियाको राजधानी सोलस्थित एक अदालतले २४ वर्ष लामो जेल सजाय दिने भएको हो ।

भ्रष्टाचारको आरोपमा उनीलाई मार्च, सन् २०१७ मा नियन्त्रणमा लिइएको थियो । त्यसयता उनी अनुसन्धानका क्रममा थुनामै रहँदै आएकी थिइन् । यसअघि नै सरकारी वकिलहरूले पूर्वराष्ट्रपति पार्कले गरेको भ्रष्टाचारको प्रकृति अनुसार उनलाई कम्तिमा पनि ३० वर्षको जेल सजाय हुनुपर्ने माग गरेका थिए ।

हाल ६६ वर्षकी पार्क दक्षिण कोरियाकी पहिलो महिला राष्ट्रपति थिइन् । राष्ट्रपति पदमा रहँदा शक्तिको दुरुपयोग गरेको आरोप उनीमाथि लागेको छ । यहाँको अदालतले भ्रष्टाचारमा उनको संलग्नताबारे प्रारम्भिक प्रमाणित गरेपछि संसदमा महाभियोग लगाएर उनलाई बर्खास्त गरिएको थियो ।

दक्षिण कोरियामा यसरी महाअभियोग लगाएर निकालिएको पहिलो राष्ट्रपति समेत उनी नै हुन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर