newskoseli.Com

सिरियामा अमेरिकाद्वारा मिसाइल आक्रमण (ट्रम्पको द्विटसहित)

संयुक्त राज्य अमेरिकाले फ्रान्स र बेलायतको सहयोगमा सिरियामाथि मिसाइल आक्रमण सुरू गरेको छ । पूर्वी गुटामा गत साता गरिएको रासायनिक हमलाको प्रतिक्रिया स्वरूप हवाई आक्रमण शुरू गरेको अमेरिकाले जनाएको छ ।

आक्रमणमा दमास्कस र आसपासका क्षेत्रमा विस्फोटका ठूला आवाजहरू आइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएक छन् । विस्फोटबाट आकाशमा धुवाँको मुस्लो देखिएको छ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामाथि आक्रमण गर्न लागिएको भन्दै एउटा वक्तव्यसमेत जारी गरेका छन् ।

उनले सिरियाली सरकारले रासायनिक अस्त्रको प्रयोग नरोकेसम्म अमेरिका र उसका साझेदार मुलुकहरूले कारबाही जारी राख्नेसमेत बताएका छन् । ट्रम्पले भनेका छन्-‘फ्रान्सर र यूनाइटेड किङ्डमको सशस्त्र सेनाका साथ एक सशस्त्र अपरेशन चलिरहेको छ ।’

यसअघि अमेरिकाले सिरियाको पूर्वी गुटामा गरिएको शंकास्पद रासायनिक हमलामा सिरियाली सरकारको हात रहेको र त्यसलाई रोक्न रुसले केही पनि नगरेको आफूसँग प्रमाण रहेको जनाएको थियो । अमेरिकी विदेश मन्त्रालयकी एकजना प्रवक्ताले सिरियासँग सही खालको अस्त्र र त्यसलाई प्रयोग गर्ने साधन रहेको बताएकी थिइन् ।

सिरियामा महत्त्वपूर्ण रूपमा सैन्य उपस्थिति भएको रुसले हमलालाई ब्रिटेनले उक्साउनका लागि प्रयोग गरिरहेको आरोप लगाएको छ, जुन आरोप लण्डनस्थित ब्रिटिश सरकारले सशक्त रूपमा अस्वीकार गरेको छ ।

यसैबीच ब्रिटी प्रधानमन्त्री टेरीसा मेले यो हमलामा ब्रिटेनको सहभागीता हुनेबारे पुष्टी गर्दै भनेकी छन्-‘बल प्रयोगको अलावा अरू कुनै व्यवहारिक विकल्प छैन ।’ मेले यो मिसाइल आक्रमण सत्ता परिवर्तनका लागि नगरिएको दाबी समेत गरेकी छन् ।

यस्तो द्विट गरे अमेरिकी राष्ट्रपति ट्रम्पले

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर