newskoseli.Com

होस्टलमा आगलागी, १७ को मृत्यु

थाइल्याण्डको एक होस्टलमा गएराति आगलागी हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ । मृतक सबै सोही होस्टलमा बस्दै आएका छात्रा हुन् ।

प्रहरीका अनुसार आइतबार राति स्थानीय समय अनुसार करिब ११ बजे थाइल्याण्डको उत्तरी प्रान्त चियाङ्ग राइस्थित होस्टलमा अचानक आगलागी भएको हो । आगलागीमा परी १७ छात्राको घटनास्थलमै मृत्यु भएको हो ।

दुईजनाको अवस्था अझै अज्ञात छ भने अन्य केही घाइते भएका छन् । आगलागी हुँदा उक्त होस्टलमा ३८ छात्रा थिए । आगलागी कसरी भयो भन्ने प्रष्ट हुन सकेको छैन ।

स्थानीय संस्थाले संचालन गर्दै आएको विद्यालयमा अध्ययनरत छात्राका लागि सो होस्टल प्रयोग हुँदै आएको थियो । उक्त होस्टलमा तीन देखि १३ बर्षसम्मका छात्रा बस्दै आएका थिए । (एजेन्सी)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर