newskoseli.Com

सिरियामाथि अमेरिकी गठबन्धनको आक्रमण : के–के भए हालसम्म ?

सिरियामाथि अमेरिका तथा उसका सैन्य–सहयोगी ब्रिटेन र फ्रान्सले संयुक्त रुपमा हवाई हमला सुरू गरेका छन् । सिरियामा महत्त्वपूर्ण रूपमै रुसको सैन्य उपस्थिति छ । अब रुसले थप कदम चाले त्यस क्षेत्रमा झन् तनाव बढ्न सक्ने स्पष्ट छ ।

पूर्वी गुटामा गत हप्ता भएको आक्रमण रासायनिक हमला भएको आरोप लगाउँदै अमेरिका, फ्रान्स र ब्रिटेनले त्यसको प्रतिक्रियास्वरूप सिरियामा हवाई हमला गरेका हुन् । सिरियाले भने रासायनिक हमला नभएको बताएको छ ।

सरकारी फौजले एक दर्जनभन्दा बढी क्षेप्यास्त्र खसालिदिएको सिरियाको सरकारी टेलिभिजनले दावी गरेको छ । अमेरिकी हमला अन्तर्राष्ट्रिय कानुनविपरीत भएको सिरियाले बताएको छ ।

हमलामा कम्तिमा तीन ठाउँलाई निशाना बनाइएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अधिकारीहरूले बताएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार राजधानी दमास्कस र आसपासका क्षेत्रमा विस्फोटका ठूला आवाज सुनिाएका छन् । आकाशमा धुवाँको मुस्लो देखिएको छ ।

चरमपन्थीले हार खाएपछि अमेरिका, फ्रान्स र ब्रिटेनले सिरियामाथि हमला गरेको सिरियाले जनाएको छ । यहाँको चरमपन्थीलाई अमेरिका, फ्रान्स र ब्रिटेनको साथ छ जबकि रुस त्यहाँको सरकारको पक्षमा छ ।

हमला गर्न लागिएको घोषणा गर्दै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले वक्तव्य नै जारी गरेका थिए । सिरियाली रासायनिक अस्त्रहरू भएका स्थानहरूमा ब्रिटेन र फ्रान्सको सहकार्यमा सैन्य हमला गर्नका लागि आफूले अनुमोदन गरेको ट्रम्पले बताएका छन् ।

सिरियाली सरकारले रासायनिक अस्त्रको प्रयोग नरोकेसम्म अमेरिका र उसका साझेदार मुलुकहरूले कारबाही जारी राख्ने ट्रम्पले बताएका छन् । रासायनिक हमलाका लागि रुस प्रत्यक्ष रूपमा जिम्मेवार रहेको आरोप उनले लगाएका छन् ।

सिरियाली रासायनिक अस्त्रहरू निर्मूल पार्ने सन् २०१३ को वाचा पूरा गर्न रुस बिफल भएको समेत ट्रम्पले बताए । यसअघि सिरियाको पूर्वी गुटामा गरिएको शंकास्पद रासायनिक हमलामा सिरियाली सरकारको हात रहेको र त्यसलाई रोक्न रुसले केही पनि नगरेको आफूसँग प्रमाण रहेको दावी अमेरिकाले गरेको थियो ।

तर, सिरियाले यसलाई अस्वीकार गर्दै आएको छ । उक्साउनका लागि ब्रिटेनले त्यस हमलाको प्रयोग गरिरहेको आरोप रुसले लगाएको छ । तर, ब्रिटिस सरकारले यो आरोपको सशक्त प्रतिवाद गरेको छ ।

ब्रिटिस रक्षा मन्त्रालयका अनुसार चार टोरनाडो जेट्सबाट होम्स सहरको नजिकै सैन्य क्षेत्रमा हमला गरिएको हो । त्यस ठाँउमा रासायनिक हतियार राखेको दावी गरिन्छ । रासायनिक अस्त्रशरू सामूहिक सुरक्षाका लागि खतरा भएको फ्रान्सका राष्ट्रपति एमान्युएल म्याक्रोले बताएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर