newskoseli.Com

नांगै आएर रेस्टुरेन्टमा गोली चलाउँदा ४ को मृत्यु…

अमेरिकी राज्य टेनेसीको न्यासभिल सहरको बाहिरी इलाकास्थित एक रेस्टुरेन्टमा नग्न बन्दुकधारीले गोलीबारी गर्दा चारको मृत्यु भएको छ ।

हमलाकारी स्थानीय समयानुसार बिहान ३ बजेर २५ मिनेटमा न्यासभिलको दक्षिण–पूर्वी उपनगर एनिटोचको व्याफले हाउसमा छिरेर सेमी अटोमेटिक राइफलद्वारा गोलीबारी सुरु गरेको बीबीसीले जनाएको छ ।

घटनामा दुई जना घाइते समेत भएका छन् । तीमध्ये एकले हमलाकर्ताको हातबाट उनको राइफल खोसेका थिए । यसै क्रममा हमलाकर्ता घटनास्थलबाट फरार भए । पुलिसले हमलाकर्ताको पहिचान २९ वर्षीय ट्रेविस रेनकिङका रुपमा गरेको छ । उनको खोजी जारी छ ।

न्यासभिलका पुलिस प्रवक्ता डान एरोनका अनुसार ट्रेविसलाई गत वर्ष ह्वाइटहाउस नजिकैबाट पक्राउ गरिएको थियो । उनलाई प्रतिबन्धित क्षेत्रमा प्रवेश गरेपछि पक्राउ गरिएको थियो ।

कसरी भयो हमला ?

हमलाकर्ता एक पिकअप ट्रकमार्फत रेष्टुरेन्ट बाहिर पुगे र लगत्तै बाहिरका दुईजनामाथि गोली हाने । त्यसपछि उनले रेष्टुरेन्ट भित्र गएर गोलीबारी गरे । ३ जनाको घटनास्थलमा नै मृत्यु भयो भने चौथो व्यक्तिको अस्पतालमा मृत्यु भयो ।

पुलिसका अनुसार हमलाकर्ता नग्न थिए र उनले शरीरमा एक हरियो ज्याकेट राखेका थिए । घटनास्थलबाट भाग्ने क्रममा त्यो ज्याकेट पनि खसेको पुलिसले जानकारी दिएको छ ।

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर