newskoseli.Com

प्रभु बैंकका सम्पूर्ण सेवा अब ज्ञानेश्वरबाट पनि…

प्रभु बैंकका सञ्चालक पुष्पबहादुर प्रधानले राजधानीको ज्ञानेश्वरमा सो बैंकको नयाँ शाखाको उद्घाटन गरेका छन् । बैंकले वैशाख १० देखि उक्त शाखा स्थापना गरी सञ्चालनमा ल्याएको हो ।

मर्जरका क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरुमध्ये प्रभु बैंक लिमिटेडको दरबारमार्ग शाखा कार्यालयको कारोबारलाई कमलादी शाखामा गाभी बैंकको दरबारमार्ग शाखा कार्यालयलाई ज्ञानेश्वरमा स्थानान्तरण गरिएको हो ।

मर्जरका क्रममा दोहोरिन गएका यस बैंकका अन्य शाखा कार्यालयहरु पनि क्रमशः स्थानान्तरण गर्दै जाने योजना रहेको बैंक व्यवस्थापनले जनाएको छ ।

शाखा कार्यालयहरु स्थानान्तरण भई नयाँ ठाउँमा शाखा कार्यालयहरु सञ्चालन हुँदा बैंकको सेवा विस्तारित हुनुका साथै उक्त स्थानका ग्राहकहरु सरल एवं सहजरुपमा सम्पूर्ण बैंकिङ सुविधा प्राप्त गरी लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर