newskoseli.Com

झन् बढ्दै शेयर बजारको रूवाबासी : बुधबारदेखि २ अंकले ओरालो…

शेयर बजार बुधबार दोहोरो अंकले ओरालो लागेको छ । आइतबार ५० अंकले बढेको बजार बुधबार भने २७.६४ विन्दुले ओरालो लागेर नेप्से परिसूचक १ हजार ४ सय १० विन्दुमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीको शेयर कारोबार गर्ने सेन्सेटिभ परिसूचक समेत ६.०७ विन्दुले ओरालो लागेर २९८.०४ विन्दुमा झरेको छ ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार बुधबार कूल १ सय ७० कम्पनीका ३१ लाख १४ हजार ६ सय १८ कित्ता शेयर १ अर्ब ५१ करोड ९९ लाख ४२ हजार ८ सय १५ रूपैयाँमा कारोबार भएको हो । स्टक एक्स्चेन्जका अनुसार सबै परिसूचक ओरालो लाग्दा बजार प्रभावित भएको हो ।

बुधबार बैंकिङ २५.१६, व्यापार ५.९९, होटल ७८.७८, विकास बैंक ३१.५४, जलविद्युत् ५४.७३, फाइनान्स ९.५९, बीमा ८८.४४, उत्पादन २९.०८, अन्य १६.७७ र माइक्रोफाइनान्स समूह ३०.७८ विन्दुले ओरालो लागे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर