
ल्याटिन अमेरिकी मुलुक क्युबाको हवाना अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको एउटा विमान दुर्घटनामा सय जनाभन्दा बढी मानिसको मृत्यु भएको छ ।
तीन जना मात्रै बाँच्न सफल भएका छन् र उनीहरू समेत गम्भीर घाइते छन् । बोइङ ७३७ विमान क्युबाको उत्तरी सहर ओल्गिनतर्फ गइरहेको थियो ।
प्रत्यक्षदर्शीहरूका अनुसार उड्ने बित्तिकै विमानमा समस्या उत्पन्न भएको थियो र विमानस्थल नजिकैको खेतमा जोतिन पुगेको थियो । त्यसपछि विमानमा आगो लागेको थियो ।