newskoseli.Com

इरानमाथि ‘इतिहासकै सबैभन्दा कडा’ प्रतिबन्ध लगाउने अमेरिकाको ‘संकल्प’

 

अमेरिकाले इरानामाथि ‘इतिहासकै सबैभन्दा कडा प्रतिबन्ध’ लगाउने त्यहाँका विदेशमन्त्रीले बताएका छन् ।

वासिङ्टनमा माइक पोम्पियोले नयाँ नीतिबारे जानकारी दिँदै कडा प्रतिबन्धपश्चात् इरान ‘आफ्नो अर्थव्यवस्थालाई जिउँदो राख्नका लागि संघर्ष’ गरिरहेको देख्न सकिने बताए । उनले भने– ‘इरानको आक्रामक व्यवहार रोक्नका लागि’ पेन्टागन र क्षेत्रीय सहयोगीसँग मिलेर काम गर्नेछौं ।’

यो महिनाको सुरुअातमा नै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग सन् २०१५ मा भएको परमाणु सम्झौताबाट अमेरिकालाई अलग्गाएका थिए ।

अमेरिकी ‘प्लान बी’

अमेरिकाका विदेशमन्त्रीको रुपमा विदेश नीतिको विषयमा आफ्नो पहिलो महत्त्वपूर्ण भाषणमा पोम्पियोले इस्लामिक गणतन्त्रसँग लड्नका लागि ‘प्लान बी’ को घोषणा गरे ।

उनले इरानसँग ‘नयाँ सम्झौता’ का लागि १२ शर्त राखे । यी शर्तमा सिरियाबाट आफ्नो फौजलाई फिर्ता बोलाउने र यमनमा विद्रोहीको समर्थन गर्नेलगायतका विषय समावेश छन् ।

अन्य प्रमुख शर्तहरू

– अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आर्इएर्इए) लाई आफ्ना पूर्व न्युक्लियर मिलिट्री प्रोग्रामको पूरा जानकारी दिनु र यो कामलाई सधैंका लागि त्याग्नु ।

– आफ्ना छिमेकी देशलाई ‘धम्की दिने किसिमको व्यवहार’ बन्द गर्नु । यसमा इजराइललाई ध्वस्त गर्नु र साउदी अरब र युएईमा मिसाइल प्रहारको धम्की समावेश छन् ।

– झुटा आरोपमा पक्राउ परेका र इरानमा हराएका अमेरिकी र उसका सहयोगी देशका नागरिकलाई रिहा गर्नु ।

पोम्पियोका अनुसार इरानलाई प्रतिबन्धबाट त्यतिबेला फुकुवा गरिनेछ जब अमेरिकाले वास्तविक रुपमा कुनै परिवर्तन देख्नेछ । उनले भने– ‘हामी इरानी प्रशासनमाथि कडा वित्तिय दबाब बनाउनेछौं । तेहरानका नेतालाई हाम्रो गम्भीरतामाथि कुनै संदेश हुने छैन ।’

‘इरानमाथि मध्यपूर्वमा हावी हुनका लागि दोस्रोपटक कुनै ताकत हुने छैन ।’ पोम्पियोका अनुसार इरानलाई प्रतिबन्धबाट त्यतिबेला फुकुवा गरिनेछ जब अमेरिकाले वास्तविक रुपमा कुनै परिवर्तन देख्नेछ ।

उनले भने– ‘हामी इरानी प्रशासनमाथि कडा वित्तिय दबाब बनाउनेछौं । तेहरानका नेतालाई हाम्रो गम्भीरतामाथि कुनै संदेश हुने छैन । इरानमाथि मध्यपूर्वमा हावी हुनका लागि दोस्रोपटक कुनै ताकत हुने छैन ।’

इरानद्वारा निन्दा

पोम्पियोको सो बयानको इरानका राष्ट्रपति हसन रुहानीले निन्दा गरेका छन् । हसनले इरान र विश्वका लागि निर्णय गर्ने अमेरिकी विदेशमन्त्रीको विश्वसनीयतामाथि प्रश्न उठाएका छन् ।

इरानी विदेशमन्त्री जवाद जारिफले भनेका छन्, अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अघि सारेका कदमहरूले अमेरिका ‘असफल नीतिहरू’ को बन्दी भएको देखाउँछ र उसले नराम्रो परिणाम भोग्नुपर्छ ।

युरोपेली संघ (इयु) को विदेशनीति प्रमुख फेडेरिका मोगेरिनीले पनि अमेरिकाको आलोचना गरेकी छन्।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर