
राजधानीको लैनचौरबाट प्रहरीले बुधबार ‘ब्ल्याक डाइमण्ड’ सहित ८ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोलीले दिउँसो रमेश रजकलगायत ८ जनालाई नियन्त्रणमा लिएको काठमाडौं प्रहरीले जनाएको छ ।
अवैध रूपमा उक्त डाइमण्ड ३ करोडमा बिक्री हुँदै गरेको सूचना पाएपछि प्रहरीले त्यस क्षेत्रमा छापा मारेका थियो । पक्राउ परेकाहरूबाट प्रहरीले ३०.२४ क्यारेटका २ पिस डाइमण्ड बरामद गरेको छ ।
अावश्यक कारबाहीका लागि पक्राउ परेकाहरूलाई डाइमण्डसहित राजस्व अनुसन्धान विभागमा पठाइएको प्रहरी परिसरले जनाएको छ ।