
इराकको राजधानी बग्दादस्थित एक क्याफेमा अज्ञात व्यक्तिले बम हानेर खाना खाइरहेका चार व्यक्तिको हत्या गरेका छन् । आत्मघाती बम आक्रमणमा परी अरु पनि कयौँ व्यक्तिलाई घाइते बनाइएको छ ।
मुस्लिम राष्ट्रहरुमा हाल महिनाभरि नै रमाजान ब्रत चलिरहेको छ । एक महिनासम्म चल्ने ब्रतका क्रममा पनि दैनिकजसो हत्या हिंसा रोकिएको छैन । हमलामा चार व्यक्तिको मृत्यु हुनुका साथै १६ जना घाइते भएकाे स्थानीय प्रहरी अधिकारीले जनाएका छन् ।
मारिनेमा एक जना सुरक्षा अधिकारी पनि परेका विज्ञप्तिमा जनाइएको छ । इराकी राजधानी बग्दादको छिमेकमा पर्ने सिया मुसलमान समुदायको बढी प्रभाव रहेको अल सोआला जिल्लामा अवस्थित उक्त क्याफेमा खाना खाइरहेका प्रहरीलाई लक्ष्य गरी सो हमला भएको हो ।