newskoseli.Com

इच्छुकको स्मृतिमा प्रेस सेन्टरका अध्यक्षले सुनाए उनकै कविता (भिडियोसहित) !

 

चर्चित पत्रकार एवं वरिष्ठ साहित्यकार कृष्ण सेन ‘इच्छुक’ को स्मृतिमा त्यतिबेलाका उनका सहकर्मी एवं हाल नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं प्रेस सेन्टर नेपालका अध्यक्ष महेश्वर दाहालले इच्छुककै कविता वाचन गरी सुनाए ।

प्रहरी हिरासतभित्रै चरम यातना दिएर हत्या गरिएका इच्छुकको १६औं स्मृतिका अवसरमा आइतबार प्रेस सेन्टर तथा प्रेस चौतारीद्वारा संयुक्त रुपमा आयोजित स्मृतिसभाको अध्यक्षता गरिरहेका दाहालले इच्छुकलाई सम्झँदै उनको कवितांश पाठ गरेका हुन् ।

नवगठित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथि रहेको कार्यक्रममा युवानेता योगेश भट्टराई, सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटालगायतले आतिथ्यता गरी मन्तव्य राखे ।

कार्यक्रममा प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दिपक आचार्यलगायतले पनि मन्तव्य राखे । कार्यक्रमको सञ्चालन प्रेस सेन्टरका उपाध्यक्ष बलराम थापाले गरे ।

अध्यक्ष दाहालले सेनको स्मृति सभामा बोल्दै उनकै कविताद्वारा सेनप्रति श्रद्धाञ्जली व्यक्त गरेको दृश्य हेर्नोस् भिडियोमा

थप यो पनि पढ्नुहोस्–
‘भाग नपुगेका’ नेतालाई यसरी फकाए प्रचण्डले (भिडियो)
सरकारका प्रवक्ताले माओवादी पार्टीलाई दिए ‘नाङ्ले पसल’ को संज्ञा ! (भिडियोसहित)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर