newskoseli.Com

‘भाग नपुगेका’ नेतालाई यसरी फकाए प्रचण्डले (भिडियो)

 

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय समितिमा पर्न नसकेका पूर्ववत नेकपा (माओवादी केन्द्र) का नेताहरुलाई सार्वजनिक रुपमै फकाएका छन् ।

विभिन्न घटकबाट एकतामा आएका र पार्टीभित्र विभिन्न प्रवृत्ति बोकेकाहरुलाई केन्द्रमा लान आफू बाध्य भएकाले सधैं प्रचण्ड–प्रचण्ड भनेर बसेका ‘आफ्ना’ हरुलाई केन्द्रमा समेट्न नसकेको उनले बताएका छन् ।

‘पूर्वमाओवादी केन्द्रमा त झन्डै ४ हजार जनाको केन्द्रीय आयोजक समिति थियो, ४ हजारलाई २ सयमा केन्द्रित गर्ने भन्या कुरा फलामको च्युराजस्तै थियो’, अध्यक्ष प्रचण्डले भने– ‘यो सजिलो कुरा थिएन, त्यसमा पनि नेतृत्वकै कुरा गर्दा पार्टी भनेको विपरीतहरुको एकत्व पनि हो, त्यहाँ विभिन्न धार–प्रवृत्तिहरुलाई जुटाएर अगाडि लैजानुपर्ने आवश्यकता पनि हुन्छ, लिडरसिपले कसैमाथि अन्याय गर्दैन– सबैप्रति न्याय गर्छ भन्ने कुरा स्थापित गर्नुपर्ने पनि हुन्छ… मेरो बानी के छ भने आफ्नो मान्छे त ठीकै छ नि, त्यो रिसाए केही फरक पर्दैन, एक छिन रुन्छ, पीर मान्छ, कराउँछ, पछि ठीक हुन्छ भनेजस्तो लाग्छ…’

आइतबार राजधानीमा आयोजित १६औं कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो अभिव्यक्ति दिएका हुन् । दुई पार्टी एकताका क्रममा केन्द्रीय समितिमा पर्न नसकेर दुःख मानिरहेका कार्यकर्तालाई रमाइलो, ठट्यौली एवं कलापूर्ण तरिकाले फकाउँदै उनले के–के भने ? पूरा मन्तव्य हेर्नोस् भिडियोमा…

थप यो पनि पढ्नुहोस्–
सरकारका प्रवक्ताले माओवादी पार्टीलाई दिए ‘नाङ्ले पसल’ को संज्ञा (भिडियोसहित) !
इच्छुकको स्मृतिमा प्रेस सेन्टरका अध्यक्षले सुनाए उनकै कविता (भिडियोसहित) !

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर