newskoseli.Com

यस्तो छ ट्रम्प–किमबीचको ४ बुँदे समझदारीपत्र…

संयुक्त राज्य अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली सर्वोच्च नेताले चारबुँदे समझदारी पत्रमा संयुक्त हस्तारक्षर गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सिंगापुरमा भएको भेटपछि चारबुँदे समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

समझदारीपत्रको पहिलो बुँदामा अमेरिका र उत्तर कोरिया दुबै देशका जनताको शान्ति र समृद्धिको चाहनाअनुरूप नयाँ सम्बन्ध स्थापना गर्ने प्रतिबद्धता जनाइएको छ । दोस्रो बुँदामा कोरियाली प्रायद्वीपमा दीर्घकालीन र स्थिर शान्ति कायम गर्न अमेरिका र उत्तर कोरियाले संयुक्त प्रयास गर्ने कुरा उल्लेख छ ।

तेस्रो बुँदामा उत्तर कोरियाले २७, अप्रिल २०१८ मा को पान्मुन्जोम घोषणा दोहोर्‍याउँदै कोरियाली प्रायद्वीपमा आणविक निशस्त्रीकरणका लागि प्रतिबद्धता जनाएको छ । त्यसैगरी समझदारीपत्रको चौथो बुँदामा अमेरिका र उत्तर कोरियाले युद्धबन्दी र बेपत्ताको खोजी तथा पहिचान भएकाहरूको आदान–प्रदानबारे प्रतिबद्धता जनाइएको छ ।

आफूहरूले विगतलाई छाडिदिने निर्णय गरेकाले अब संसारले नयाँ परिवर्तन देख्ने उत्तर कोरियाली नेता किमले हस्ताक्षरपछि बताए । अमेरिकी राष्ट्रपति ट्रम्पले चाहिँ छिट्टै उत्तर कोरियामा आणविक निशस्त्रीकरण प्रक्रिया सुरू हुने बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर