newskoseli.Com

जिका भाइरसको संक्रमण युरोपसम्म फैलनसक्ने

विश्व स्वास्थ्य संगठनले गर्मी याममा जिका भाइरस युरोपसम्म प्रवेश गर्न सक्ने चेतावनी दिएको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख डा. मारग्रेट चानले लामखुट्टे नियन्त्रण गर्न सफल नभएको भन्दै जिका भाइरस अब युरोपसम्म फैलिने भन्दै सबैलाई सचेत रहन निर्देशन दिएका छन् ।

डा. चानले जिका भाइरसका लागि विश्वका कयौं राष्ट्र गम्भीर नभएका कारण यसको रोकथाम गर्न मुस्किल पर्ने प्रतिक्रिया दिएका छन् ।

उनले ल्याटिन अमेरिकी र क्यारेबियन राष्ट्रका गर्भवती महिला जिका भाइरस संक्रमित भएको खुलासा गरे ।

जिका भाइरसका संक्रमितका लागि अहिलेसम्म कुनै औषधी तयार नभएका कारण थुप्रै महिलाको ज्यान जाने गरेको र नवजात शिशुको स्वास्थ्य अवस्था पनि गम्भीर हुने गरेको विश्व स्वास्थ्य संगठनको दाबी छ ।

लामखुट्को टोकाईबाट सर्ने यो रोग हाल ६० भन्दा बढी मुलुकमा देखा परिसकेको छ । (एजेन्सी)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर