newskoseli.Com

प्रधानमन्त्रीको र्‍यालीमा ग्रिनेड आक्रमण, दर्जनको मृत्यु…

इथियोपियाका प्रधानमन्त्रीले सम्बोधन गरिरहेको एक र्‍यालीमा ग्रिनेड आक्रमण भएको छ । ग्रिनेड विष्फोट हुँदा थुप्रै मानिसको ज्यान गएको छ ।

आक्रमणपछि प्रधानमन्त्री आबी अहमदलाई भने सुरक्षित स्थानमा लगिएको बीबीसीले जनाएको छ । राजधानी अदिस अबाबाको मुख्य चोक ‘मेस्कल स्क्वायर’ मा हजारौं सहभागी र्‍यालीलाई सम्बोधन गरिरहेको बेला ग्रिनेड प्रहार भएको थियो ।

आक्रमणमा धेरै व्यक्ति मारिएको प्रधानमन्त्री अहमदले बताएका छन् तर क्षतिको यकिन विवरण भने आइसकेको छैन । यस आक्रमणमा इथियोपियाको एकता देख्न नचाहने तत्त्वको हात रहेको दावी उनले गरेका छन् । त्यो तत्त्व को हो भन्ने चाहिँ उनले खुलाएका छैनन् ।

२४ वर्षीय अहमद गत फेब्रुअरीमा प्रधानमन्त्री बनेका थिए । ओरोमो जातीय समूहबाट प्रधानमन्त्री बन्ने उनी नै पहिलो व्यक्ति हुन् । करिव तीन वर्षअघि अहमदले अगुवाइ गरेको सरकारविरोधी प्रदर्शनका क्रममा सयौंको ज्यान गएको थियो ।

त्यसपछि तत्कालीन प्रधानमन्त्रीले राजीनामा दिएपछि अहमदले सत्ता सम्हालेका थिए । आफू प्रधानमन्त्री बनेलगत्तै उनले सेना र गुप्तचरका प्रमुखलाई बर्खास्त गरेका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर